मुलुकका विभिन्न प्रदेशमा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ कैलालीको घोडाघोडी नगरपालिकामा पनि देखिएको छ । पालिकाको वडा नम्बर ९का कृषक प्रदेशु चौधरीले सञ्चालन गरेको बङ्गुर फर्ममा यो रोग देखिएको हो ।

चौधरीले पालेका बङ्गुर मर्नथालेपछि हालै गरिएको परीक्षणमा यो रोग पुष्टि भएको घोडाघोडी नगरपालिकाका नायव पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले जानकारी दिए । हामीले पुस १८ गते पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा पहिलो पटक परीक्षण गर्दा रोग पुष्टि भयो । त्यसलाई थप पुष्टि गर्न केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पिसिआर द्वारा परीक्षण गर्दा पनि अफ्रिकन स्वाइन फिभर रोग नै भएको पुष्टि भयो उनले भने ।
यस रोगले अहिलेसम्म चौधरीको फर्ममा ३२ पाठापाठी, ५ माउ बङ्गुर र १ भाले बङ्गुर गरि ३८ बङ्गुरको मृत्यु भइसकेको आचार्यले बताए । उच्च ज्वरो आउने १०४ देखि १०७ डिग्रीफरनहाइट सम्म छेर्ने लडगडाउने कान पुच्छर पेटको तल्लो भागको बाहिरी छाला रातो हुने शरीरमा निलो धब्बा देखिने बान्ता गर्ने खाना नखाने छटपटाउने तुहिने आदि लक्षण हरु देखिने गर्दछ्न । एस्ता लक्षण देखिँदा साथ नगरपालिकाको पशु सेवा शाखामा तुरुन्तै सम्पर्क गर्नपनि अनुरोध गरिएको छ । नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएको थियो ।
के हो अफ्रिकन स्वाइन फिभर ?
अफ्रिकन स्वाइन फिभर बङ्गुर÷सुँगुर र बँदेलहरुमा भाइरसबाट लाग्ने महामारी रोग हो । पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा र हाल सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा समेत देखा परेको कुरा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ । नेपालभरी र यस प्रदेशका सबै जिल्ला उच्च जोखिममा छन् ।
‘अफ्रिकन स्वाइन फिभर’ का कारण कुनै खोरमा शतप्रतिशतसम्म बङ्गुरहरू बिनाकुनै लक्षण रातारात मर्न सक्छन् । कुनै खोरमा भने ४० देखि ४२ डिग्री सेल्सियससम्मको उच्च ज्वरो आउने, झोक्राएर एकै ठाउँमा थुप्रने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेर कालो–नीलो बन्ने र केही दिनभित्रै ठुलो संख्यामा बङ्गुरहरू मर्ने हुन्छ ।
मन्द खालको भाइरस भएमा मृत्युदरमा केही कमी हुन्छ । तर अन्य रोगजस्तै बङ्गुरको हैजा, साल्मोनेलोसिस, स्वाइन इरिसेपिलस, पीआरआरएस, स्वाइन अजेस्कीलगायत र विषादीजन्य समस्यामा समेत समान खालका लक्षण देखिने हुँदा रोग यकिन गर्न प्रयोगशालामा परीक्षण अत्यावश्यक हुन्छ ।
अफ्रिकन स्वाइन फिभर रोग सम्बन्धी सूचना



