
कैलाली : नागरिक उन्मुक्ति पार्टी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारमा सहभागि हुन एक राज्यमन्त्रीको नाम सिफारिस गरेकी छन् ।


श्रेष्ठले शुक्रवार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुणकुमार चौधरीको नाम सिफारिस गरेकी हुन् । ओलीले चौधरीलाई राज्यमन्त्री बनाउने या नबनाउने भने निश्चित भने भइसकेको छैन् ।
प्रतिनिधिसभामा ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत समेत दिएको थियो ।




