
काठमाण्डौ : चितवनको सिमलतालमा असार २८ गते शुक्रबार पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली खटिने भएको छ ।


खोजीका लागि यसअघि नेपालले भारतको सहयोग मागेको थियो । भारतबाट उद्धार टोली गएराति हिँडे सकेको जनाइएको छ । १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने गृह मन्त्रालयको विपद् महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालले जानकारी दिए ।
अहिलेसम्म विभिन्न ठाउँमा गरी २४ वटा शव भेटिएको छ । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३८ जना यात्रु र बसको अवस्था थाहा हुन सकेको छैन । सिमलताल बस दुर्घटनाको आज आठौँ दिन भएको छ ।




