लम्की : कैलालीको लम्कीचुहामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका–२ बघनियाकी ४० वर्षीया लक्ष्मी जैशीको करेन्ट लागेर मृत्यु भएको छ । जैशीले घरमा पोछा (सरसफाई) लगाउने क्रममा फ्रिजको पछाडी पट्टी रहेको तार छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित :- २०८१ श्रावण ३, बिहीबार ११:११


