गोदावरी नगरपालिकाबाट भन्सार छलिका सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखा बाट खटिएका प्रहरी टोलिले पालिकाको वडा नम्बर १ धनगढी रोडबाट भन्सार छलीका करिब ३४ हजार २ सय बराबरका कुर्ती सुट र मेक्सी लगायत कपडाहरु बिहीबार बिहान ७: ४५ बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले बताए।
बरामद गरिएका समान आवश्यक कारबाहीको लागी कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको डिएसपी थापाले बताए। ।
प्रकाशित :- २०८१ असार ६, बिहीबार १५:४२


