
ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण निर्धारित समय भन्दा ढिला सुचारु भएको छ । ढिला गरी सुरु भएको खेलमा टस जितेर बलिङ गर्ने निणर्य गरेसँगै साउदी ब्याटिङमा उत्रिएको छ ।

वर्षाका कारण ढिला गरी सुरु भएको खेल ८ ओभरमा झारिएको छ ।
नेपालले आज अन्तिम ११ मा एक खेलाडी परिवर्तन गरेको छ । सोमपाल कामीलाई विश्राम दिँदै प्रतिश जिसीलाई मौका दिइएको छ ।

प्रकाशित :- २०८१ बैशाख ५, गते बुधबार