रुखबाट लडेर घोडाघोडीमा १७ वर्षीया एक किशोरीको मृत्यु
कैलालीमा रुखबाट लडेर एक किशोरीको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी नगरपालिका–८ की रितु थापा रहेकी छन्।
घोडाघोडी नगरपालिका–८ मा पर्ने लठुवा सामुदायिक बनमा मङ्गलवार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर ज्यान गएको प्रहरीको भनाइ छ। घाइते भएकी थापालाई अस्पताल लैजादै गर्दा मृत्यु भएको उनका आफन्त मिलन बुढाले बताए।
रुखबाट खसेर अचेत भएकी रितुको उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनको भनाइ छ।
प्रकाशित :- २०८० माघ ३, बुधबार ११:४७


