कैलालीको बर्दगोरिया गाउँपालिकाले सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई साइकल हस्तान्तरण गरेको छ । गाउँपालिका भित्र कार्यरत ४७ जनालाई आइतबार साइकल वितरण गरिएको हो ।
सामुदायिक स्वास्थ्य सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन साइकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । “विभिन्न तालिम सँगै खोप लगाउने काम, पोलियो थोपा खुवाउने काम, सामुदायिक छलफल तथा आमा समूहमा सहभागी लगायतका काममा पैदल यात्रा गर्नु पर्ने समस्या रहेछ । यसले गर्दा सेवा प्रवाहमा असर त प¥यो नै उनीहरूलाई सास्ती समेत बढी देखियो । यसको सहजता र सरलताका लागी साइकल वितरण गरेका हौ ।” गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले भने ।
गाउँपालिकाले साइकल सँगै यस अघि देखी महिला स्वास्थ्य स्वयम सेविकाहरूलाई दराज, मोबाइल लगायतका सामग्री वितरण गर्दै आएको छ । साइकलले समुदायमा सेवा प्रवाह गर्न सहज हुने भन्दै स्वयम सेविकाहरू खुसी भएका छन् ।
प्रकाशित :- २०८० पुष १, गते आईतवार