कैलालीको बर्दगोरियामा रहको आदर्श स्काउट दलले अन्तर्राष्ट्रिय शान्ति दिवस मनाएको छ । आदर्श सामुदायिक विद्या मन्दिर बर्दगोरियामा रहेको आदर्श स्काउट दलले सो अवसरमा विविध कार्यक्रम गरेको छ ।

बिहीबार स्काउट दलले बौनिया बजारमा शान्ति ¥याली, सहारा घरमा रहेका असहायलाई जुस वितरण र ज्येष्ठ नागरिक मिलन केन्द्रमा कटहरका बिरुवा रोपेर दिवस मनाएको हो । वृक्षारोपण कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमको समेत सहभागिता थियो ।
कार्यक्रममा बोल्दै गौतमले लागू औषध दुर्व्यसनीबाट बालबालिकालाई टाढा राख्न हरेक विद्यालयले विद्यार्थीलाई सामाजिक काममा सक्रिय बनाउनु पर्ने बताए । आदर्श स्काउट दलका विद्यार्थीलाई धन्यवाद दिँदै उनले पालिकाका हरेक विद्यालयमा स्काउट दल स्थापनाका लागि पहल गर्ने बताएका छन् । आदर्श सामुदायिक विद्या मन्दिरमा रहेको आदर्श स्काउट दल बर्दगोरिया भरिकै विद्यालय स्तरीय पहिलो स्काउट दल हो । यसले विभिन्न अवसरहरूमा विविध कार्यक्रम गर्दै आएको छ ।



