

कैलालीको घोडाघोडी नगरपालिकामा मङ्गलवार शोक बिदा दिइएको छ । पालिकाको पशु विकास शाखामा कार्यरत पशु विकास अधिकृत छत्रा न्यूरेको निधन भए पछि नगर सरकारले शोक बिदा दिएको नगर प्रमुख खडक बहादुर रावतले जानकारी दिए । हृदयाघातबाट ४८ वर्षीय न्यूरेको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखड स्थित आफ्नै निवासमा मङ्गलवार राती १ बजे ज्यान गएको हो ।


प्रकाशित :- २०८० भाद्र २६, गते मंगलवार