समाचार सारांश
- • विश्व व्यापी रुपमा यसवर्ष ‘सबै महिला तथा किशोरीमाथि हुने डिजिटल (अनलाइन) हिंसा अन्त्य गरौँ’ भन्ने साझा अभियान तय गरिएको थियो। नेपालमा भने" प्रविधिको सहि प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौूँ भन्ने नारा तय गरिएको थियो।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ। वुधबार धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा सशक्त महिला, समृद्ध नेपाल संस्था, गैर सरकारी संस्था महासंघ नेपाल, लैङ्गिक हिंसा विरुद्ध संयुक्त राष्ट्र संघको अभियान (युनाइट), युरोपियन युनियन र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयद्धारा संयुक्त रुपमा एक कार्यक्रमकाबीच नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म आयोजना गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका दौरान आयोजना गरिएका कार्यक्रमहरुको समिक्षा गरिएको छ।
विश्व व्यापी रुपमा यसवर्ष ‘सबै महिला तथा किशोरीमाथि हुने डिजिटल (अनलाइन) हिंसा अन्त्य गरौँ’ भन्ने साझा अभियान तय गरिएको थियो। नेपालमा भने” प्रविधिको सहि प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौूँ भन्ने नारा तय गरिएको थियो।
वुधबारको समिक्षा कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकी प्रहरी निरिक्षक सरस्वती अधिकारीले सुदूरपश्चिम प्रदेशमा जिल्लागत विद्युतीय (साइबर) अपराधको त्रि(वर्षिय मुद्दा दर्ताको तथ्याङ्क प्रस्तुत गरेकी थिईन्। जसअनुसार आर्थिक वर्ष २०८०र८१ मा प्रदेशभर १६ वटा मुद्दा दर्ता भएका थिए। सो वर्षमा सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा सात–सातवटा मुद्दा पुगेका थिए भने बैतडीमा एक र बाँकी छ जिल्लामा कुनै मुद्दा नपरेको देखिन्छ।
आर्थिक वर्ष २०८१र८२ मा भने मुद्दा संख्या घटेको छ। उक्त वर्ष कैलालीमा तीन, कञ्चनपुरमा चार, अछाममा एक, बैतडीमा दुई, डडेल्धुरामा एक र दार्चुलामा एक गरि जम्मा १२ मुद्दा दर्ता भएका थिए। डोटी, बाजुरा, बझाङ र डडेलधुरामा भने मुद्दा शून्य रहेको तथ्यांकले देखाउँछ।
चालु आर्थिक वर्षमा अहिलेसम्म जम्मा ६ वटा साइबर अपराधका मुद्दा दर्ता भएका छन्। कैलालीमा एक, कञ्चनपुरमा चार र बाजुरामा एक मुद्दा रहेकाले तराई क्षेत्रका जिल्लामा उजुरी संख्या बढी भएको देखिन्छ।
कार्यक्रममा युरोपेली संघको नेपाल प्रतिनिधिमण्डलकी उपप्रमुख ह्याथ्य्रु लुआगीले पछिल्लो समय साईबर अपराध लैङ्गिक हिंसाको प्रमुख स्रोतका रुपमा देखिएकोले लैङ्गिक समानता कायम गर्न डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताईन।
यस्तै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा।हेमराज रेग्मीले हिंसा रहित सभ्य र समावेशी समाज निर्माणका लागि सबै प्रकारका विभेदहरु न्युनिकरणमा सबै पक्षले लाग्नुपर्ने बताए। समानता र स्वतन्त्रताका हकहरुको संरक्षण तथा कानुनी व्यवस्थाको परिपालनमा जोड दिदै हिंसा नगर्नेप्रति सबैले प्रतिवद्ध हुनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा डिजिटल माध्यमबाट लैङ्गिक हिंसा बढिरहेको सम्बन्धी जनचेतनामुलक नाटक र अभियानमा विभिन्न समूह तथा विद्यार्थीहरुले तयार पारेका प्रतिकात्मक चित्रसमेत प्रस्तुत गरिएको थियो।





