अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–८ ओलिगाउ सुतुडाकी दुई महिलाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले २७ वर्षीय देउरुपा बोहरा र २३ बिनिता बोहराको माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको जानकारी दिए । डीएसपी भण्डारीका अनुसार मृतक दुबै देउरानी–जेठानी हुन् ।
‘हामी पनि भर्खरै घटनास्थलमा पुगेका छौं,’ डीएसपी बोहराले भने, ‘ढिस्कोमा अरु पनि पुरिएको आशंकामा खोजी गरेका थियौं । त्यस्तो भेटिएको छैन ।’


प्रकाशित :- २०८१ फाल्गुन २७, गते मंगलवार

