
काठमाडौँबाट बझाङका लागि छुटेको बस कैलालीमा दुर्घटना भएको छ ।


पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका २ टनकपुर नजिकै सुप प्र ०१००१ ख ३३८५ नम्बरको बस बिहीबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा परि १३ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घ बहादुर साउँदले जानकारी दिए ।

बस सोही दिशामा गइरहेको सुप प्र ०१००२ त ४६४० नम्बरको ट्याक्टरलाई ओभरट्याक गर्दा अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



