घोडाघोडी जेसीजको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । तेस्रो अधिवेशन बाट वर्ष २०२५ को अध्यक्षमा लक्ष्मण न्युरे निर्विरोध निर्वाचित भएका छन् । घोडाघोडी जेसीजको कार्यकारिणी उपाध्यक्ष पदम सापकोटा र कपिल सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
यसै गरी उपाध्यक्षमा खेम ढुङ्गाना, सुरेश बहादुर बोगटी, राम बहादुर चन्द्र, र महेन्द्र शाह निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक जनक बहादुर विष्टले जानकारी दिए । त्यस्तै महासचिवमा धन बहादुर बडूवाल, कोषाध्यक्षमा कलक जङ्ग सिंह र कानुनी सल्लाहकारमा जानकी शाहलाई मनोनीत गरिएको छ । घोडाघोडी जेसीज वर्ष २०२४ का अध्यक्ष दीपक बहादुर चन्द्रको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी जेसीज संस्थापक अध्यक्ष लाल बहादुर शाही रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि पूर्व राष्ट्रिय उपाध्यक्ष तथा बौनिया जेसीजका पूर्व अध्यक्ष धिरज शाही रहेका थिए । घोडाघोडी जसीज वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष धन बहादुर बडूवालको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन घोडाघोडी जसीज वर्ष २०२४ का महासचिव कलक जङ्ग सिंहले गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।
नवनिर्वाचित पदाधिकारीहरूको पदभार पुस २७ गते हुने छ ।



प्रकाशित :- २०८१ पुष २१, गते आईतवार

