कैलालीको धनगढीबाट चरेशसहित २ जना पक्राउ परेका छन् ।

डडेल्धुराको पर्शुराम नगरपालिका–१० बस्ने ७० वर्षीय नरबहादुर बिष्ट र कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने ४० वर्षीय सुनिल शर्मा अवैध लागूऔषध (चरेश)सहित पक्राउ परेका हुन् ।
उनीहरुलाई धनगढी उपमहानगरपालिका–१ नैनादेवी चोकबाट १५ ग्राम ५ सय ७० मिलिग्राम अवैध लागूऔषध (चरेश)सहित सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । दुबै जनालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित :- २०८१ आश्विन १, गते मंगलवार

