
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाटामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।


मंगलबार साँझ शुक्लाफाटा नगरपालिका–५ खजुवाकी ३० वर्षीया मानमती साउँद बाघको आक्रमणबाट घाइते भएकी हुन् । घर नजिकै रहेको गाई गोठमा गाइलाई घास हाल्ने क्रममा उनलाई बाघले आक्रमण गरेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय झलारीवाट प्रहरी सहायक निरीक्षक मोहनसिंह ठगुन्नाको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले घाइते साउँदलाई उपचारका लागि टी एण्ड सी अस्पताल झलारीमा पठाएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।




