कैलाली : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

चेन्नईले दिएको २ सय ७ रनको बिशाल लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४३ रन मात्र बनाउन सक्यो ।
यस अघि चेन्नईमा टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउदै २ सय ६ रनको विशाल आँकडा तयार गरेको थियो।
यो जितपछि चेन्नईको २ खेलमा ४ अङ्कका साथ तालिकाको शिर्ष स्थानमा रहेको छ । अब चेन्नईले आफ्नो तेस्रो खेल मार्च ३१ मा दिल्ली क्यापिटल्सविरुद्ध खेल्ने छ । त्यसैगरी गुजरातले भने आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ । २ खेलमा गुजरातको २ अङ््क रहेको छ । अब गुजरातले आफ्नो अर्को खेल मार्च ३१ मा सनराइजर्स हैदरावादसँग खेल्ने तालिका रहेको छ ।



