
काठमाडौं। पछिल्लो समय आफूलाई सामाजिक सञ्जालमा सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा प्रहरी फन्दामा परेकी छिन्।
वाइबालाई सिन्धुपाल्चोक प्रहरीले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा बुधवार बाह्रबिसेबाट पक्राउ गरेको हो।
वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
केही दिन अघि शर्मिला वाइबा, हास्य कलाकार पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेका थिए । अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन समेत गरेका थिए । पवनको पत्नी सुम्निमासित विवाद चलिरहेको छ । सोही बीचमा युट्युबबाट चर्को स्वर गर्दै आफूलाई न्यायाधीश जस्तै सोच्दै वाइबाले प्रश्न गर्ने खालिङलाई लिएर अनेक ठाउँमा जे पायो त्यही बोल्दै आएकी थिइन् ।

