कैलालीको मोहन्याल गाउँपालिकाको एक विद्यालयमा कार्यरत शिक्षिकाहरूले कुटाकुट गरेकी छन् । पालिकाको वडा नम्बर ७ कुहिनेमा रहेको अरनिको आधारभूत विद्यालयमा कार्यरत देवकी जोशी र रिता विष्टबिच गत माघ २६ गते झगडा भएको थियो ।
जोशी प्राथमिक तहकी स्थायी शिक्षिका हुन भने विष्ट बालबालिका कार्यरत शिक्षिका हुन । झगडाको क्रममा विष्टले जोशीको औँला टोकिदिएकी छिन । जोशी असुरक्षाको कारण देखाउँदै धनगढी स्थित घरमा बसेकी छन् । विद्यालय व्यवस्थापन समितिले विवाद समाधानका लागी सोमबार दुवै पक्षलाई छलफलमा बोलाए पनि दुवै पक्ष उपस्थित भएनन् । समितिले शिक्षिका जोशीलाई चार दिन भित्र हाजिर हुन पत्राचार गरेको छ । जानकारहरूका अनुसार उनी दुई शिक्षिका बिच पहिले देखी मनमुटाब थियो ।
प्रकाशित :- २०८० फाल्गुन १, गते मंगलवार