दरख सुखड खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा निरज मल्ल पुन: सर्वसम्मत चयन भएका छन्। समितिको ५ औँ साधारण सभाले मल्ललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो।समितिको उपाध्यक्षमा शेर बहादुर बोहरा सर्वसम्मत चयन भएका छन् । सचिवमा दुर्गा चलाउने सर्वसम्मत चुनिदा कोषाध्यक्षमा राधा कुमारी पाण्डे (बिनाडी) सर्वसम्मत चुनिएकी छन्। यस्तै सदस्यहरुमा क्रमशः पदम सापकोटा, राजकुमार चौधरी, श्याम सापकोटा, रेवती बम, हिरादेवी जैजी सर्वसम्मत चयन भएका छन्। निर्वाचित सबै पदाधिकारी र सदस्य हरुले बुधबार पद तथा गोपनियताको सफथ ग्रहण गरेका छन्।