कैलालीको सुखडमा तीन दशकदेखि संस्कारसहितको जीवन उपयोगी गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले यस शैक्षिक वर्षलाई अझ सशक्त र सबल बनाउने उद्देश्यले ‘असल अभिभावक कार्यक्रम’ सम्पन्न गरेको छ ।

कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष रमा जैसी पौडेलको सभापतित्वमा भएको थियो । प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत रहेका थिए । प्रमुख अतिथि रावतले शिक्षा क्षेत्रको प्रगतिमा अभिभावकको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी रहेको बताए । विद्यालय र अभिभावकबिचको समन्वयले मात्र विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्न सकिने रावतको भनाई छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थापक÷प्रिन्सिपल परशुराम भण्डारी ९पिआर०ले विद्यालयको लामो शैक्षिक योगदान र भविष्यका योजनाबारे जानकारी गराउँदै अभिभावकहरूको महत्त्वपूर्ण सहयोगलाई उजागर गरे ।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्कार तथा जीवन विज्ञान प्रशिक्षक योगिनी श्री सरितानन्दीको प्रेरणादायी प्रवचनले कार्यक्रममा विशेष आकर्षण थपेको थियो । अभिभावक उत्प्रेरणा र पुर्वीय दर्शनमा आधारित उनको गहन प्रवचनले उपस्थित अभिभावकहरूको मन छुने प्रभाव पारेको थियो ।
कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता रह्यो । विद्यालय र अभिभावकबिचको आपसी सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने अपेक्षासहित कार्यक्रम सम्पन्न भएको छ ।


