कैलालीको घोडाघोडी नगरपालिका वडा – ८ मा रहेको लठुवा सामुदायिक वन उपभोक्ता समुहको १४औँ वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । शनिवार सामुदायीक वनले आफ्नो १४औँ साधारण सभाका साथै सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

सामुदायीक वनकी अध्यक्ष सुनीता चलाउनेको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत रहेका थिए । विशिष्ट अतिथि यसै वनकी संस्थापक सचिव, प्रदेश वन महासंघ सदस्य रमा आचार्य र वन समन्वय समिति पहलमानपुरका अध्यक्ष पुष्कल बम रहेका थिए ।
प्रमुख अतिथिको आशनबाट बोल्दै नगर प्रमुख रावतले सामुदायीक वनले प्रत्येक वर्ष गरिएका काम अभिलेखिकरण गर्दै संस्थागत रूपमा नेतृत्व विकास गर्दा सामुदायिक वनको वार्षिक आम्दानी, सामुदायिक बनको विधान अनुसार गरिबी न्यूनीकरण गर्दै सामुदायिक वन संरक्षण सम्बद्र्धन गर्दै सदुपयोग गरी स्थानीयलाई सहज रुपमा दाउरा ,घाँस र स्याउला उपलब्ध गराउनु पर्ने बताए ।
सामुदायिक वनका उपभोक्ताहरुको जिबिको पार्जन , चोरिसिकारी नियन्त्रण ,वन्यजन्तु संरक्षण गर्दै खोला नाला नियन्त्रणका लागि सबै जनाले पहल गर्नुपर्नेमा उनको जोड थियो । वनले विकासका पूर्वाधार निमार्ण शिक्षा , स्वास्थ्य लगायतका काम पनि गर्न सक्ने हुनाले चोरी सिकारी नियन्त्रण गर्दै वन संरक्षण गर्नु पर्नेमा रावतले जोड दिए ।
कार्यक्रममा सामुदायिक वनका कोषाध्यक्ष रोमन चौधरीले आर्थिक वर्ष २०८०/०८१ को २७ लाख बराबर को आयब्याय सङ्गै कार्यप्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रतिनिधि, सब डिभिजन वन कार्यालय सुखडका प्रतिनिधि, वनका उपभोक्ता तथा विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । वनका उपाध्यक्ष भीम बहादुर बुढाको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको सञ्चालन वनका सचिव कपिल सापकोटाले नरेका थिए ।




प्रकाशित :- २०८१ पुष २८, गते आईतवार

