कैलालीको टीकापुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बिहिवार टीकापुर नगरपालिका–९ पायलगाउँका २२ वर्षीय धुरु लुहारको करेन्ट लागेर मृत्यु भएको हो ।
उनलाई घरभित्रको टिनको छानाबाट करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक नविन राजा बुढाथोकीले जानकारी दिए । करेन्ट लागेर घाईते भएका लुहारलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याईएको थियो । उनको उपचारकै क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित :- २०८२ असार २७, शुक्रबार ०६:५७


