कैलालीबाट लागूऔषधसहिहत चार जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिकबाट सोही ठाउँ बस्ने २१ वर्षीय अर्जुन कडायत र २८ वर्षीय सन्तोष घिमिरेलाई १८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै कैलालीको टीकापुर नगरपालिका–७ बनगाउँ स्थित सडक खण्डमा लागू औषध खरिद तथा बिक्री वितरण भई रहेको भन्ने विशेष सुचनाको आधारमा टीकापुर–९ बस्ने २५ वर्षीय अजय चौधरी समेत दुई जनालाई २ ग्राम ८९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार नियन्त्रणमा लिएको जनाएको छ ।



