बझाङ जिल्लामा १२ हजार किशोरीलाई एच.पि.भी. खोप लगाईने भएको छ । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।

विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य उक्त कार्यालयका प्रमुख लालबहादुर धामीले बताएका छन् । धामीले १२ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप अभियान चलाउने बताए ।
विद्यालय जाने गाउँका किशोरीलाई उमेरका आधारमा खोप लगाइने छ । साइपाल गाउँपालिकामा विद्यालय जाने किशोरी १ सय ७४ जना र नजाने २० जना गरी १ सय ९४ जना, बुङ्गल नगरपालिकामा २ हजार ५८, जयपृथ्वी नगरपालिकामा १ हजार ३ सय ६, सुर्मा गाउँपालिकामा ५ सय ७७, तलकोटमा ८ सय २५, मष्टामा ९ सय ११, छविसपाथिभेरामा ७ सय ५९, दुर्गाथलीमा ७ सय ६१, केदारस्यूँमा १ हजार ६ सय ६९, वित्थडचिरमा १ हजार २ सय ५२, थलारामा ८ सय ५३ र खप्तडछान्ना गाउँपालिकामा ८ सय ७१ किशोरीलाई खोप लगाउने उनले बताए ।
जिल्लाभरि विद्यालय जाने ११ हजार ८ सय ३५ र विद्यालय नजाने २ सय ९१ गरी १२ हजार १ सय २६ किशोरीलाई खोप लगाइने बताए ।खोप लगाउनका लागि जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभर २ सय ९१ स्वास्थ्यकर्मी र ४ सय ३४ जना स्वयंसेवक गरी ६ सय ५१ स्वास्थ्यकर्मी परिचालन गरिने जनाएको छ ।
एच.पि.भी खोप महिलाहरुको पाठेघरको मुखको क्यान्सरविरुद्धका लागि लगाइने गरिन्छ । यस खोपले उक्त क्यान्सर उन्मूलन गर्ने नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिएको छ ।



