इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) कैलालीले हराएका गरगहना फेला पारेको छ ।
मंगलबार विहान गोदावरी नगरपालिका–४ स्थित गोदावरी मेलामा आफ्नो १ तोला सुनको नौगेडी हराएको भन्दै गोदावरी–२ की ६५ वर्षीया चन्द्रा रावलले इलाका प्रहरी कार्यालय मालाखेतीलाई जानकारी गराएकी थिइन । त्यसपछि प्रहरीले खोजीकार्य गरेको थियो ।
हराएका गरगहना फेला पारेर मालाखेतीका प्रमुख डिएसपी गंगा बहादुर थापाले मंगलबार नै सम्वन्धित रावललाई बुझाएका छन् ।



प्रकाशित :- २०८१ माघ २, गते बुधबार

