चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले आज पदभार ग्रहण गरेका छन् । सोमबार बोर्डको कार्यालय पुगेर डिसीले कार्यभार सम्हालेका हुन् ।

सोमबार बिहान डीसीलाई बोर्डका कर्मचारी र अन्य पदाधिकारीले फूलमालाले स्वागत गरेका छन् । बोर्डको हलमा आयोजित बधाई तथा शुभकामना अर्पण कार्यक्रममा नेपाल चलचित्र संघ, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ लगायतका फिल्मसँग सम्बन्धित संस्थाका पदाधिकारीसहित अन्य फिल्मकर्मी समेत पुगेका छन् ।
पदभार ग्रहण गर्दै डिसीले आफू काम गर्न बोर्डमा आएको बताए । उनले नेपाली फिल्म क्षेत्रको समस्या समाधानका लागि आफूले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गरे । गत बिहीबार मन्त्रिपरिषदको बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । डिसी लामो समयदेखि फिल्म र सञ्चार क्षेत्रमा सक्रिय छन् ।



