संस्थागत विद्यालय घोडाघोडी नगर कमिटी (क्लस्टर) को कार्यालय सुखडमा उद्घाटन गरिएको छ । घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले बुधवार एक कार्यक्रमका बिच कार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले शिक्षा र स्वास्थ्यको विकाश विना अरु क्षेत्रको विकाश सम्भव नभएको बताएका छन् । मानव विकाशका लागि शिक्षा र स्वास्थ्य अनिवार्य सर्त हो र त्यो सर्त कार्यान्वयन गर्न गराउनका लागि राज्यका तर्फबाट प्रयास र प्रयत्न भइरहेका छन् । राज्यका तर्फबाट भएका प्रयास र प्रयत्नहरु पर्याप्त नभएका कारणले निजी क्षेत्रबाट शिक्षाका क्षेत्रमा यो घोडाघोडी क्षेत्रमा जुन प्रयास प्रयत्न गर्नु भएको छ । यो अत्यन्तै सराहनीय छ । हिजोका दिनहरुमा निजी क्षेत्र शिक्षामा आबद्ध साथिहरु आ–आफ्ना ढंगले अगाडी बढ्ने परिपाटी थियो । पछिल्ला दिनहरुमा निजी क्षेत्रका लगानी कर्ताहरु पनि संस्थागत ढंगले सङ्गठित हुँदै शिक्षामा अझ गुणस्तरीयता कायम कसरी गर्न सकिन्छ भन्ने अभियानमा जुट्नु भएको छ । यो घोडाघोडी नगरपालिकाका लागि सबै भन्दा राम्रो अवसरका रुपमा मैले लिएको छु । पछिल्ला दिनहरुमा संस्थागत विद्यालयहरूले भौतिक संरचना सुधार गर्दै लैजानु भएको छ । त्यहाँ कार्यरत जनशक्ति हरुको तालिम सिप लगायतका कुराहरु व्यवस्थापन गर्दै लैजानु भएको छ यो एकदमै राम्रो सुन्दर पक्ष हो ।
सामुदायिक शैक्षिक संस्था र संस्थागत शैक्षिक संस्था एक अर्काका प्रतिस्पर्धी नभएर आवश्यकताका उपजका रुपमा ग्रहण गरेउ भने त्यो सहज ढंगले अगाडी बढ्न सक्छ ।
बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गरोस वा संस्थागत विद्यालयमा तर कुनै न कुनै शैक्षिक संस्थामा अनिवार्य रुपमा अध्ययन गरोस बालबालिका शैक्षिक संस्था विहीन नहोस् हाम्रो उदस्य भनेको त्यो हो । त्यो उदस्य पुरा गर्नका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडी बढ्यो भने हामीले खोजेको शिक्षा प्राप्त गर्न सक्छौ ।
निजी शैक्षिक क्षेत्रमा लगानी गर्ने क्रममा केही बाधा असहजता कानुनी अर्चन छनभने स्थानीय सरकाले सहजिकरण गर्ने मेयर रावतले प्रतिबद्धता व्यक्त गरे ।
क्लस्टरका अध्यक्ष रवि आचार्यले आफुहरु निजी लगानी कर्ताका रुपमा मात्र नभई अब हामीले शिक्षाको क्षेत्रमा समाजमा पु¥याएका योगदानका सन्दर्भमा गरेका योगदान हरुलाई उजागर गर्नका निम्ति संस्थागत ढंगले अगाडी बढ्नुपर्छ भन्ने आवश्यकता महशुस गरेउ त्यसै अनरुप यस घोडाघोडी क्षेत्रमा आबद्ध सम्पूर्ण विद्यालयलाई सङ्गठित गर्ने प्रयास नरेको बताउँदै छोटो समयमै क्लस्टर बाट संस्थागत विभा लयमा कार्यरत करिब ३ सय शिक्षक शिक्षिकाहरुका लागि थुप्रै क्षमता अभिवृद्धिका तालिम सञ्चालन गरिसकेको बताए ।
क्लस्टरमा घोडाघोडी नगरपालिका भित्रका २० वटा संस्थागत विद्यालय आबद्ध रहेको समितिका सचिव तुलाराम आचार्यले बताए ।