सुखड : आइतबार सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीकाे दाबी पेश गर्ने अन्तिम दिन हो । जहाँ आज दुई थरी गठबन्धनबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
कांग्रेस, समाजवादी, चार जना नागरिक उन्मुक्ति पार्टी र एक राप्रपाकाे गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका छन् । उनी पार्टी संरक्षक रेशम चौधरी पक्षका हुन् ।
यस्तै अर्को तर्फबाट नेकपा माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा उन्मुक्तिको कैलाश चौधरीले पनि मुख्य मन्त्रीमा दाबी पेश गरेका छन् । उनी पार्टी अधक्ष्य रञ्जिता श्रेष्ठ पक्षका हुन ।
बालुवाटरमा आइतवार बिहान बसेको केन्द्रीय नेताहरूको बैठकले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिन औपचारिक सहमति भएको भएको थियो।
कैलाशको पक्षमा माओवादका ११, एमालेका १० र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ। उनले नागरिक उन्मुक्ति पार्टीका सात सदस्यको समेत समर्थन रहेको दाबी गरेका छन्।
सुदूरपश्चिममा काँग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्।
समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रदेशका नेतालाई पार्टीकाे निर्णय विपरित नजान चेतावनी समेत दिएका छन् ।