नेपालको हरित हाइड्रोजनमा योगदान पुर्याउन इच्छाशक्ति देखाएको भारतको ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले हरित हाइड्रोजन उत्पादनका लागि आवश्यक एल्कलाइन इलेक्ट्रोलाइजर औपचारिकरुपमै अनावरण गरेको छ ।

मङ्गलबार एक कार्यक्रमका बीच राज्यका मन्त्रीहरुहरुको उपस्थितिमा भारतमै उत्पादन भएको इलेक्ट्रोलाइजर अनावरण गरिएको हो । एक मेगावाट हाइड्रोजन उत्पादन क्षमताको यो इलेक्ट्रोलाइजरले पानीबाट ग्रीन हाइड्रोजन बनाउँने गर्दछ ।भारतमा अहिले कार्बन उत्सर्जन गर्ने ग्याँसबाट हाइड्रोजन बनाउने गरिएको छ । तर, यो इलेक्ट्रोलाइजरले हरित हाइड्रोजन उत्पादन गर्छ ।
यसले स्वच्छ वातावरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । यो अनावरण भएसँगै ग्रीन हाइड्रोजन उत्पादनका लागि कोशेढुंगा सावित भएको बताएको छ । भारतमै हरित हाइड्रोजन उत्पादन गर्ने यो इलेक्ट्रोलाइजर पहिलो हो । ग्रीनजो इण्डिया लिमिटेडले २५० मेगावाट क्षमताको इलेक्ट्रोलाइजर बनाउन सुरु गरिसकेको छ । अहिले १ मेगावाट क्षमताको अनावरण गरिएको हो ।
उक्त एल्कलाइन अनावरण कार्यक्रमलाई सम्बोधन भने गुजरात राज्यका उद्योगमन्त्री बलवंतसिंह राजपूतले गरेका थिए । एमएसएमई मंत्री जगदीश विश्वकर्मा, मुकेश पटेल पर्यावरणमन्त्री, हर्ष संघवी गृह मन्त्री मंगलबारको शोभायात्रा कार्यक्रममा सहभागी भएका थिए । उहाँहरुले भारतमै उत्पादन इलेक्ट्रोलाइजर यो क्षेत्रकै लागि सस्तो र किफायतीसँगै उपयोगी हुने बताउनु भएको थियो ।
गुजरातको सनान्दमा रहेको ग्रीनजो इनर्जी इण्डिया लिमिटेडका संस्थापक एवं प्रबन्ध निर्देशक सन्दीप अग्रवालले आफ्नो समूहले एक मेगावाट उत्पाद गर्न सक्ने अल्कलाइन इलेक्ट्रोलाइजर बनाउनुलाई निकै महत्वपूर्ण भएको ठानेका छन् । अग्रवालले भने, ‘यो पर्यावरण संरक्षणका लागि निकै महत्वपूर्ण हो ।’
हरित हाइड्रोजन उत्पादनमा आवश्यक अल्कलाइन इलेक्ट्रोलाइजर बजारमा ल्याउँदै गर्दा नेपाल लगायतका मुलुकका लागि पनि फाइदा हुने प्रबन्ध निर्देशक अग्रवालको भनाई रहेको थियो ।

नेपाल पनि यो अभियानमा जोडिनुपर्ने उनको तर्क थियो । ग्रीनजो इनर्जीले अहिले ५ मेगावाट हरित हाइड्रोजन उत्पादन गर्न सक्ने इलेक्ट्रोलाइजर बनाउँदै छ । पर्यावरणमा योगदान पुर्याउँदै आएको छ । ग्रीनजो इनर्जीले नेपालमा पनि हाइड्रोजन उत्पानका लागि इच्छा देखाएको छ ।


