कैलाली । दादुरा रुवेला खोप अभियान अन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिकाका १० हजार बालबालिका खोपको पहुँचमा आउने भएका छन् । विद्यालय सहित ४४ वटा खोप केन्द्रबाट सञ्चालन गरिने अभियान पालिकामा फागुन १३ देखी २३ गते सम्म चल्ने शुक्रवार अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी दिइएको छ ।
अभियानमा १८ जना स्वास्थ्यकर्मी र १ सय ३२ जना स्वयंसेवक परिचालन गरिने छ । अभियान प्रभावकारिताका लागि ५ जनाको अनुगमन समितिले नियमित निगरानी समेत राख्ने स्वास्थ्य शाखा प्रमुख मीन बहादुर धामीले जानकारी दिए । खोप अभावका कारण हुन सक्ने रोगहरूको महामारी रोक्न यो अभियान महत्त्वपूर्ण हुने जनाइएको छ । खोप नै बालबालिकाको सर्वोत्तम हित भएकाले यो अभियान सफल पार्न सबैले सहयोग गर्न बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरीले समेत आग्रह गरेका छन् ।