

एनआरएनए छैठौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगितामा घोडाघोडीले विजयी सुरुवात गरेको छ। फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो दिन भएको खेलमा जित हात पार्दै घोडाघोडीले क्वाटरफाईनलमा स्थान बनाएको हो। ।
धनगढी रंगशालामा जारी दोस्रो दिनको दोस्रो खेलमा घोडाघोडी युवा क्लबले टेकवहादुर चोखाल फाउण्डेसनलाई टाईब्रेकरमा ४–२ ले हराएर क्वाटरफाईनल प्रवेश गरेको हो । निर्धारित समय दुबै टोलीले दुई दुईको बराबरी खेलेका थिए । पहिलो हाफको १२ मिनेटमा गोल गर्दै घोडाघोडीले अग्रता लियो । पहिलो हाफकै १९ मिनेटमा टेकवहादुर चोखाल फाउण्डेसनका लागि ज्ञानु भण्डारीले गोल गर्दै खेल बराबरीमा पुराए । दोस्रो हाफको दोस्रो मिनेटमै टेकवहादुर चोखाल फाउण्डेसनकासुदीप धामीले गोल गर्दै आफ्नो टीमलाई २–१ मा पुराए । दोस्रो हाफको १९ औ मिनेटमा फाउण्डेसनले आत्मघाती गोल खाएपछि खेल बराबरीमा आयो ।
पेनाल्टी सुटआउटमा फाउण्डेसनका ज्ञानु भण्डारी र राजेन्द्र प्रताप सिंहको पेनाल्टी प्रहारलाई घोडाघोडीका गोलरक्षक राजेन्द्र विष्टले बचाए । घोडाघोडीका लागि सुजित बुढाथोकी संजीव लामा माईकल शाही र करन रावतले पेनाल्टीलाई गोलमा परिणत गरे । फाउण्डेसनका लागि सुदिप विक र मदननाथ योगीले मात्रै गोल गरे । टिमलाई जित दिलाउन सफल घोडाघोडीका गोलरक्षक विक्रम विष्ट म्यान अफ द म्याच भए । उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेलमा ब्वाईज युनियन लम्की र नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश तथा दोस्रो खेलमा पुर्नवास युनाईटेड र ग्रीन युथ क्लब प्रतिस्पर्धा गर्नेछन । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साढे २ बजे धनगढी रंगशालामा हुनेछ । पुस १४ गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगितामा १५ टीमको सहभागी रहेको छ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।