

डाक्टर गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। धनगढीमा ७२ घण्टा अनशसन बसेका डाक्टर केसीलाई अनसन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले जानकारी गराए।
स्वास्थ्य अवस्था सामान्य हुन थालेको भएपनि केही साता अघिमात्र शल्यक्रिया गरिएको भएर केही दिन सेतीमै राखेर निगरानी गरिने केसीका सहयोगी डाक्टर अमृत जोशीले बताए।
सोमबार साँझ डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको थियो। सरकारले विगतमा आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनी मंसिर २९ गतेदेखि तीन दिन धनगढीस्थित कृष्णमन्दिरको धर्मशालामा अनशसन बसेका थिए।
