कञ्चनपुरमा बसको ठक्करबाट बैतडीकी एक महिलाको ज्यान गएको छ। बैतडीको सिगास गाउँपालिका–९ गन्सुर घर भएकी ३९ बर्षीया भागरथी अवस्थीको आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११कलुवापुरमा बसले ठक्कर दिएपछि ज्यान गएको हो।
केही दिन पहिला मात्रै भतिजीको बिहेमा सहभागी हुन आफ्ना श्रीमान शिवराज अवस्थीसहित भागरथी बैतडीबाट कञ्चनपुर गएकी थिइन् ।
आइतबार बैतडी फर्किने क्रममा उनका श्रीमान शिवराजले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । भागरथीको उपचारकै क्रममा धनगढीस्थित मायामेट्रो हस्पिटलमा मृत्यु भएको उनका आफन्त मुरलीधर अवस्थीले बताए ।
म १ख९३५ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट मृतकका श्रीमान शिवराज अवस्थी र १३ वर्षीय छोरा बालकृष्ण अवस्थी समेत घाइते भएका छन्।
घटनापछि बसका चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रकाशित :- २०८० पुष १, गते आईतवार