कैलालीको गोदावरी नगरपालिका – ४ बाट अवैध काठ बरामद गरिएको छ । आज बिहान ४ बजेको समयमा गोदावरी – ८ मा रहेको सुर्योदय सामुदायिक वनक्षेत्रबाट अवैध काठ बरामद गरिएको हो । उनीहरुले ढुवानी गर्न लागेको गाडी सहित तिन जना प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतिबाट प्रहरी सहायक निरीक्षक धर्मराज भट्टको कमान्डमा खटिएको टोलिले १०७ सालका कडी सहित सु प प्र १००१ ख ३१५७ नम्बरको ट्रक नियन्त्रणमा लिएको डिएसपी गणेश बरालले बताएका छन ।
ट्रक साहु स्थानीय देवराज भट्ट ,काठका साहु स्थानीय मदन छेडाल र चालक बैतडीका सिद्धराज भट्टलाई नियन्त्रण लिइएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



