आइतबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ ।
आज सुन तोलाको १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ८ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
प्रकाशित :- २०८१ पुष २८, आईतवार ११:०९


