नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बर्दगोरिया गाउँ कमिटी अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न तेस्रो गाउँ कमिटी अधिवेशनबाट अध्यक्षमा रामकृष्ण डगौरा थारु निर्वाचित भएका छन् । उनी बर्दगोरिया गाउँपालिकाका बहालवाला वडा अध्यक्ष समेत हुन ।
शनिवार देखि बर्दगोरिया गाउँपालिकामा सुरु भएको अधिवेशनले अध्यक्षमा डगौरा सहित ४१ सदस्यीय नयाँ गाउँ कमिटी गठन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा लाल बहादुर विक (जीतमान), भेखु चौधरी र बाधु चौधरी निर्वाचित भएका छन् । यस्तै सचिवमा भेषराज जैसी र सह–सचिव सुन्दर गौतम निर्विरोध निर्वाचित भए भने कोषाध्यक्षमा चन्द्र लुहार निर्वाचित भएका छन् ।




