
घोडाघोडी बहुमुखी क्याम्पसमा भएको स्ववियू निर्वाचनको मत गणना अनुसार अनेरास्ववियु निरन्तर अगाडी बडी रहेको छ ।


पछिल्लो मत परिणामअनुसार ३ सय २४ मत गणना हुँदा सभापतिका उम्मेदवार अनेरास्ववियुका अशोक गौतमले १ सय ९५ मत ल्याएका छन् ।
त्यस्तै, अखिल क्रान्तिकारीका गणेश भण्डारीले १ सय २३ र अखिल (समाजवादीका) यम बहादुर खत्रीले ३ मत ल्याएका छन् ।

सचिवमा नेविसंघका तर्फबाट प्रविन सिंहले १ सय ५७ मत ल्याउँदा अनेरास्ववियूका भुवनराज जैसी (अल्टर)ले १ सय ३६ मत प्राप्त गरेका छन्

कोषाध्यक्षमा पनि अनेरास्ववियुका संजिव कुमार चौधरी ( पारा कमाण्डो) १६२ मतसहित अग्रस्थानमा छन् ।
यहाँ अनेरास्ववियु र नेविसंघ तथा अखिल क्रान्तिकारी र अनेरास्ववियू बिच गठबन्धन रहेको छ ।

