
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय कलेजको नेतृत्व परिवर्तन भएको छ । लामो समय पछि क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख परिवर्तन भएका हुन् । क्याम्पस प्रमुखमा उप प्राध्यापक देवेन्द्र कुमार प्रसाई तथा सहायक क्याम्पस प्रमुखमा उप प्राध्यापक उदय विष्ट नियुक्त भएका छन् ।
बुधवार बसेको क्याम्पस संचालक समिति बैठकको निर्णयले प्रसाई र विष्टलाई क्रमशः क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । २०६५ सालमा स्थापना भएको यो क्याम्पसको बागडोर कर्ण भण्डारीले समाल्दै आएका थिए । प्रसाई यस अघि क्याम्पसको सहायक क्याम्पस प्रमुख थिए ।







प्रकाशित :- २०८१ भाद्र १२, गते बुधबार