
कैलालीमा ९० हजार मूल्य बराबरका अवैध सामान बरामद गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित रिङरोड बाट प्रहरीले ९० हजार मूल्य बराबरका सामान आइतबार साँझ बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार बरामद भएका कुर्ता सुरुवाल, सुट र थान कपडाहरू सोमबार कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ ।


इलाका प्रहरी कार्यालय मालाखेतीको र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा सामान फेला पारेको थियो।
शनिबार पनि इलाका प्रहरी कार्यालय मालाखेतीले करिव १ लाख बराबरका भन्सार छलिका सामान बरामद गरेको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीको कमाण्डमा डिएसपी थापा आएपछि प्रहरीले निरन्तर अबैध सामान समाति रहेको छ।



