काठमाडौं । सत्ता समीकरणका लागि नयाँ गठबन्धन बनेसँगै यति खेर सरकार बनाउन दलहरु लागि परेका छन् ।
पार्टीहरुले आफूहरुले पाउने मन्त्रालय निश्चित गरेपछि यति खेर पार्टीबाट कसलाई मन्त्री बनाउने र सरकारमा पठाउने भन्ने तयारीमा छन् । सोही अनुसार नेकपा एमालेले पनि पार्टी सचिव समेत रहेका रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्री पठाएको छ ।
चार दलीय गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डा टुङ्ग्याएसँगै एमालेको भागमा एक राज्य मन्त्री सहित ८ मन्त्रालय परेका छ्न् ।
यस्तै पार्टीबाट नेतृत्व गर्दै सरकारमा पठाएका महासेट भौतिक पूर्वाधार बनेका छन् । एक राज्यमन्त्रीसहित ८ मन्त्रालय पाएको एमालेले यस अघि नै पदम गिरी मन्त्री बनाई सकेको छ ।
एमालेबाट अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।