कैलालीको बर्दगाेरिया गाउँपालिका वडा नम्बर ३ का ज्येष्ठ नागरिकहरूलाई आइतबार न्यानो लुगा वितरण गरिएको छ । चिसोमा वृद्धहरूलाई जोगाउन वडा कार्यालयले न्यानो लुगा खरिद गरि वितरण गरेको हो ।
शारीरिक र मानसिक रूपले अशक्त अवस्थामा पुगेका नागरिकको सुरक्षा तथा हित प्रवर्द्धनका लागि वडाबाट चालू आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख विनियोजन गरेको वडा अध्यक्ष मनऋषि आचार्यले बताए ।
“वडा भित्रका ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका नागरिक र ७५ वर्षमाथि उमेरका वृद्ध वृद्धालाई कम्बल बाडेका हौ । १ सय १२ जना ज्येष्ठ नागरिक, ३३ जना अपाङ्गता भएकाहरू र १५ जना अति विपन्न तथा असहायले एक/एक ब्लाङकेट पाएका छन् ।” वडा अध्यक्ष आचार्यले भने ।
सरकारले जाडो मौसममा न्यानो लुगा दिएकोमा स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । ब्लाङकेट वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर सहित जनप्रतिनिधिहरूकाे सहभागिता रहेको थियो ।
प्रकाशित :- २०८० पुष २३, गते सोमबार