
कैलालीको सुखडबाट लागुऔषधसहित १ जना युवक पक्राउ परेका छन् । गएराति पौने ८ बजको समयमा घोडाघोडी नगरपालिका–१ सुखड बजारबाट १९ वर्षीय सुनिल मल्ललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दिर्घ बहादुर साउँदले बताए ।


मल्लको साथबाट ८० मिलि ग्राम खैरो हिरोईन बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय सुखडबाट सादा पोसाकमा खटिएका प्रहरी जवान नविन शाहीले उनलाई पक्राउ गरेका हुन् । मल्ललाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रकाशित :- २०८१ चैत्र २९, गते शुक्रबार