प्रेस चौतारी नेपाल कैलालीको ८ औं जिल्ला अधिवेशन धनगढीमा सुरू भएको छ ।

एमाले कैलालीको पार्टी कार्यालयको सभा हलमा सुरु भएको जिल्ला अधिवेशनको सभापति जिल्ला शाखा कैलालीका अध्यक्ष भानुभक्त आचार्य रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन प्रमुख राजेन्द्र गौतमले दीप प्रज्ज्वलन गरेर कार्यक्रममको उद्घाटन गरेका छन् । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, केन्द्रीय उपाध्यक्ष राजेश राई र केन्द्रीय महासचिव हिरामान लामासहितको उपस्थिति रहेको छ ।
अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने भएको छ ।



