चालकले मादक पदार्थ सेवन गाडी हाँकेपछि पछि कैलालीको लम्कीमा इलेक्ट्रोनिक हाईस दुर्घटनामा परेको छ । आइतबार लम्कीचुहा नगरपालिका-३ ढुंगेबजार नजिकै हाईस दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार आइतबार ढुंगेबजारस्थित पूर्वपश्चिम राजमार्गमा चिसापानीदेखि लम्कीतर्फ आउँदै गरेको इलेक्ट्रोनिक हाईस दुर्घटनामा परेको थियो । डडेल्धुराको नवदुर्गा गाउँपालिका-४ का २४ वर्षीय शेरबहादुर साउदले मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ००१ ज ९४१ नम्बरको इलेक्ट्रोनिक हाईस बायाँतर्फको सडकको नालामा खस्दा बायाँ साइडका २ वटा टायर नालामा र दायाँतर्फको २ वटा टायर सडकमा रहेको प्रहरीले जानकारी दिएको छ । हाईस दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

चालक साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

