कैलाली: वैवाहिक बलात्कार सम्बन्धि मुद्दामा प्रहरी सामु आत्मसमर्पण गरेका रवि ओड धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत कन्चनपुरमा बिहीवार भएको थुनछेक बहसपछि ओडलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो। सोही अनुसार ओड धरौटी बुझाएर थुनामुक्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जोशीले जानकारी दिए।
उनका अनुसार नेपाल आइडल सिजन २ का विजेता समेत रहेका ओडविरूद्व वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन्। ओडले गत बिहीवार इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गरेका थिए। जिल्ला अदालतबाट पहिलो पटक पाँच र दोस्रो पटक पनि थप पाँच दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान गरेको थियो ।