भारतको लखनऊमा एक भवन भत्किँदा चार जनाको मृत्यु मृत्यु भएको छ । उक्त स्थानबाट २८ जनाको उद्धार गरिएको छ भने धेरै जना अझै फसेका छन् ।
लखनऊका जिल्ला मजिस्ट्रेट सूर्यपाल गंगवारले चार जनाको मृत्यु भएको पुष्टि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ‘हालसम्म २८ जनाको उद्धार गरिएको छ । राष्ट्रिय प्रकोप प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ), अग्नि नियन्त्रक र प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेका छन्,’ लखनउ नगरपालिका आयुक्त इन्द्रजित सिंहले भने ।
प्रमुख अग्नि नियन्त्रक अधिकृत (सीएफओ) मङ्गेश कुमारले भत्किएको भवनमा अझै धेरै मानिस फसेको आशंका गरिएको बताएका छन् । उनका अनुसार फसेकाहरुको यकिन सङ्ख्या थाहा हुन सकेको भने छैन् ।
दमकल विभाग, एनडीआरएफ र एसडीआरएफ टोली घटनास्थलमा छन् । घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ। थप विवरण आउन बाँकी छ।