धनगढी : कैलालीको धनगढीमा लागूऔषधसहित २ जना युवक प्रहरीको फन्दामा परेका छन् । धनगढी उपमहानगरपालिका–७ मोतीचोकबाट सोही ठाउँ बस्ने ३० वर्षीय नरेश राना र २६ वर्षीय रामकृष्ण राना बुधवार पक्राउ परेका हुन् ।
नरेशले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ३५९५ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा सोही मोटरसाइकलमा पछाडी सवार रामकृष्णको साथबाट ८० मिलिग्राम लागूऔषध (खैरो हिरोईन) फेला पारी दुुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मोटरसाईकलसहित दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित :- २०८१ श्रावण ३, बिहीबार ११:१९


