काठमाण्डौ: सरकारले आउँदो आर्थिक वर्षका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि सरकारले ९ अर्ब २८ करोड रुपैयाँ बजेट विनियाेजन गरेको छ ।

त्यस्तै सरकारले उपभोक्ता अदालत स्थापना गर्ने भएको छ । आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उपभोक्ताको अधिकारको सुरक्षा तथा न्याय दिनका लागि उपभोक्ता अदालत स्थापना गर्न बजेट विनियोजन गरेको जानकारी दिए ।
यस्तै सरकारले उच्च परिमाणमा निर्यात भइरहेका गलैँचा, कार्पेट, धागो, तयारी कपडालगायतको निर्यात अभिवृद्धि गर्ने, कफी, अलैँची, चिया र हिमालयन पानीको ब्रान्डिङ गर्ने लक्ष्य लिएको छ ।



