काठमाण्डौ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबार केही बेरमा बस्ने भएको छ। बैठक बिहान ११ बजे बसुन्धरामा जनाइएको छ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी जनाए । श्रेष्ठका अनुसार बैठकमा राजनीतिक, सांगठनिक, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदन प्रस्तुत हुनेछन्। बैठक आइतबार समापन हुनेछ।
यसअघि बुधबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको थियो।



